जोडिनुहोस
  • होमपेज
  • प्रचण्डलाई गृहजिल्लामै झट्का, दौडधुप काम लागेन, काँग्रेसको क्लिन स्वीप

प्रचण्डलाई गृहजिल्लामै झट्का, दौडधुप काम लागेन, काँग्रेसको क्लिन स्वीप

चितवन, मंसिर १५–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमै नेकपालाई झट्का लागेको छ । शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुँदा तीन वटै वडामा नेपाली काँग्रेस विजयी भयो ।

दुई पार्टी मिलेर बनेको सत्तारुढ दलले तीन मध्ये कम्तिमा दुई वटा वडा जित्ने दावी गरेको थियो । तर चुनावी नतिजाले नेकपाको दाबीलाई उल्टाई दियो । आफ्ना उम्मेद्वारलाई जिताउन नेकपा अध्यक्ष प्रचण्ड स्वंम चितवनमा दौडधुप गरेका थिए । तर प्रचण्डको दौडधुप पनि खेर गएको छ । आफ्नै निर्वाचन क्षेत्रको वडामा प्रचण्डले जिताउन सकेनन् । भरतपुर १६ मा आफ्ना उम्मेद्वार भक्तराज हमाललाई जिताउन प्रचण्ड स्वंम चुनावी सभामा सम्बोधन गर्न चितवन आएका थिए । तर यसअघि जित हासिल गरेको वडामा समेत नेकपा पराजय हुन पुग्यो ।

यस वडामा यसअघि नेकपा एमाले एक्लै हुँदा ६४ मतान्तरतले जित हासिल गरेको थियो । अहिले पार्टी एक हुँदा पनि काँग्रेससंग ३०८ मतको अन्तरले पराजित भएको छ । काँग्रेसका युवा उम्मेद्वार अमृतराज हमालले ३ हजार १८३ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भए । उनी यसअघिको स्थानीय तहको निर्वाचनमा नेकपाका चतुरमान गुरुङसंग ६४ मतको झिनो अन्तरले पराजित भएका थिए । यस्तै प्रतिद्धन्द्धी सत्तारुढ दल नेकपाका उम्मेदवार भक्तराज हमालले २ हजार ८७५ मत प्राप्त गरे । भरतपुर १६ मा ८ हजार ४ सय ८१ मतदाता रहेकोमा ६ हजार २ सय ५० मत खसेको थियो ।

यस नतिजाले नेकपा चितवनलाई मात्र नभइ केन्द्रमै झट्का दिएको छ । चितवनको राजनीलिाई केन्द्रसंग जोडेर हेर्ने गरिएको छ ।

यस्तै पूर्वीचितवनको खैरहनी नगरपालिका–४ मा नेपाली काँग्रेसका उम्मेद्वार देवबहादुर बस्नेतले नेकपाका उम्मेद्वार वेदबहादुर अधिकारीलाई पराजित गरे । बस्नेतले १ हजार १ सय ३८ मत प्राप्त गरे भने अधिकारीले ९८६ मत प्राप्त गरे । २ हजार ६ सय ९२ मतदाता रहेको यस वडामा २ हजार १ सय ७२ मत खसेको थियो । यस वडामा यसअघिको निर्वाचनमा नेपाली काँग्रेस नै विजयी भएको थियो ।

यसैगरि खैरहनी वडा नं.५ मा नेपाली काँग्रेसकी प्रतिमा कार्की (बस्नेत) विजयी भइन् । कार्कीले ८ सय ४२ प्राप्त गरिन् भने नेकपाका पुननारायण प्रधानले ७ सय ५६ मत प्राप्त गरे । यसअघिको निर्वाचनमा काँग्रेस नै विजयी भएको थियो । विजयी उम्मेद्वार निधन भएका वडाअध्यक्षका श्रीमती हुन् । २ हजार १ सय ११ मतदाता रहेको यस वडामा १ हजार ६ सय ७० मत खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका