जोडिनुहोस

Banner

चितवन, कात्तिक २८-

बालकुमारी माध्यमिक विद्यालय नारायणगढको स्वर्ण महोत्सवको अवसरमा आज भएको अन्तरविद्यालय वकृत्वकला प्रतियोगितामा अरोमा बोडिङ स्कुलकी आरती काफ्ले पहिलो भएकी छन् ।

प्रतियोगितामा एसओएस बालग्रामका अलका आचार्य दोस्रो र स्मल हेभन बोर्डिङ स्कूलका पल्लव क्षेत्री तेस्रो भएका छन् । वक्तृत्वकलामा परीक्षा पौडेल र आकृति सापकोटाले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

भरतपुर महानगरपालिका भित्र रहेका २३ वटा विद्यालयका ३७ जना विद्यार्थी सहभागी रहेका मध्ये अरोमा बोर्डिङ स्कूलकी आरती काफ्ले पहिलो, कार्यक्रमका प्रमुख अतिथि चितवन क्षेत्र नं २ का प्रदेशसभा सदस्य विजय सुवेदीले बालकुमारी माध्यमिक विद्यालयमा पुर्नजागरणको आवश्यकता रहेको औल्याए । उनले विद्यालयको पुरानो शाख र प्रतिष्ठा जोगाउन आवश्यक रहेको विचार राखे ।

स्वर्ण महोत्सवसँगै शिक्षाको विकास गर्ने, विद्यार्थीको व्यक्तित्व विकास गर्ने जस्ता क्रियाकलापले पक्कै पनि विद्यालयको प्रतिष्ठा उचो बनाउने विश्वास व्यक्त गरे । सांसद सुवेदीले ४६ वर्ष अगाडिको सम्झना गर्दै आफू पनि यही विद्यालयमा कक्षा ६ मा अध्ययन गरेको बताए । वक्तृत्वकला प्रतियोगितामा साहित्यकार गोविन्दराज विनोदी, केदारनाथ खनाल र रमेश प्रभातले निर्णायकको भूमिका निभाएका थिए ।
विद्यालयका प्राचार्य नारायणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशीराम प्रधान, शिक्षक अभिभावक संघका अध्यक्ष उद्योग कुमार पिया, बालकुमारी मावि अल्मुनाई एशोसियसनका अध्यक्ष बद्रीलाल प्रधान, पूर्वप्रधानाध्यापक शरदरञ्जन श्रेष्ठलगायत शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो । विद्यालयले स्वर्ण महोत्सवकै अवसरमा शुक्रबार निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम पनि राखेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *