होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • भरतपुरको मुना सहकारीको कालिकामा गैरकानुनी शाखा

भरतपुरको मुना सहकारीको कालिकामा गैरकानुनी शाखा

चितवन,कात्तिक १८-

भरतपुर महानगरपालिका वडा नम्बर १० हाकिमचोकमा रहेको मुना बचत तथा ऋण सहकारी संस्थाले गैरकानुनीरुपमा शाखा विस्तार गरेको पाइएको छ । सो सहकारी संस्थाले सम्पर्क कार्यालय भन्दै कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिमल बजार र भरतपुर महानगरपालिका वडा नम्बर १९ शारदानगरमा सम्पर्क कार्यालय सञ्चालन गरेको हो । सो सहकारीले २०७५ साल असार २५ गतेबाट खोलेसिमल बजारमा सम्पर्क कार्यालय स्थापना गरी कारोबार सञ्चालन गरेको छ ।

त्यस्तै शारदानगरमा पनि करिब एक वर्षदेखि सम्पर्क कार्यालयमा कारोबार हुँदै आएको छ । सो सहकारीले खोलेसिमल शाखाबाट करिब पाँच सय ग्राहकबाट एक करोड भन्दा बढी रुपैयाँ र शारदानगर शाखाबाट करिब तीन सय ५० ग्राहकको करिब ६० लाख रुपैयाँ भन्दा बढी रकम संकलन गरेको छ । कुनै पनि सहकारी दर्ता भइसकेपछि शाखा विस्तारका लागि पनि सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने हुन्छ ।

एउटै नगरपालिकाभित्र नगरपालिकाबाट र फरक नगरपालिकामा शाखा विस्तार गर्ने भए प्रदेश सरकारबाट अनुमति लिनुपर्ने भए पनि सो सहकारीले अनुमति नै नलिई कारोबार गर्दा सयौँ बचतकर्ताको लाखौँ रकम जोखिममा पर्न गएको हो । २०६८ सालमा स्थापना भई भरतपुर १० हाकिमचोकको सरस्वती टावरमा कार्यालय रहेको सो सहकारीको मुख्य कार्यालय पनि आर्थिकरुपमा समस्यामा रहेको छ । सो सहकारीको सम्पर्क कार्यालय सञ्चालनमा रहेको बताउँदै मुना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक श्रीराम उपाध्यायले सोको दर्ताको लागि प्रदेश सरकार समक्ष निवेदन दिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका