जोडिनुहोस
  • होमपेज
  • भरतपुरको सिजी ल्याण्डमार्कमा सोनाम गियरको नयाँ शोरुम

भरतपुरको सिजी ल्याण्डमार्कमा सोनाम गियरको नयाँ शोरुम

चितवन,कात्तिक १७-

काठमाडौँ र पोखराको सफलतापछि सोनाम गियरको नयाँ शोरुम भरतपुरमा सञ्चालनमा आएको छ । सिजी ल्याण्डमार्कको पहिलो तलामभा शोरुमको एक कार्यक्रमका बीच चर्चित सञ्चारकर्मी तथा सोनाम गियरका ब्राण्ड एम्बेस्डर रवि लामिछानेले उद्घाटन गरे । शोरुममा सानोम गियरको ज्याकेट, टिसर्ट, टे«किङको पोशाक, सर्ट, जुत्तालगायतका सामग्री विक्रीको लागि राखिएको छ । नेपालमै कारखाना रहेको शोरुमले विगत ९ वर्षदेखि सेवा सुभारम्भ गरेको सोनामका म्यानेजर अमित लामाले जानकारी दिए ।

लामाले सोनाम गियरले तराईदेखि हिमालसम्म बस्ने मानिसहरुको लागि उपयुक्त हुने स्वदेशी गुणस्तरीय उत्पादन रहेको बताए । उच्च स्तरीय प्रविधिबाट कपडाहरु उत्पादन गर्ने भएकाले विदेशी ब्राण्डसँग सजिलै प्रतिस्पर्धा गर्न सफल भएको लामाको भनाइ छ ।

सोनामको उत्पादन दुई हजारदेखि १२ हजारसम्मका छन् । शोरुमको उद्घाटनपछि ब्राण्ड एम्बेस्डर रवि लामिछानेले सोनाम गियरको नेपाली उत्पादन गुणस्तरीय रहेको प्रतिकृया दिए । उनले सोनामासँग दुई वर्षदेखि सम्बन्ध गासेको भन्दै गुणस्तरका कुनै शंका नभएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका