जोडिनुहोस

Banner

काठमाडौं, कात्तिक ५-

प्रमुख प्रतिदल नेपाली कांंंंग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् । कांग्रेस नेता लेखकले सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने चेतावनी पनि दिए ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोही अनुसार सभामुख पद प्रमुख प्रतिपक्ष दललाई दिनुपर्ने तर्क पनि गरे । उनले सभामुख र उपसभामुख पद एउटै दलले राखेर संविधान विपरितका गतिविधि अब हुन नदिने पनि बताए ।

पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता लेखकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानविन आयोग तत्काल गठन गर्न पनि सरकारसँग माग गरे । उनले संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक कानुन संशोधन गर्न ढिलाई नगर्न सरकारलाई सचेत पनि गराए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *