जोडिनुहोस
मङ्लबार, फाल्गुन १८, २०७७
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • पर्यटन वर्ष लक्षित दम्पतिको साइकल यात्रा

पर्यटन वर्ष लक्षित दम्पतिको साइकल यात्रा

चितवन, असोज २९–

चितवनका एक दम्पतिले पर्यटन वर्ष लक्षित गर्दै साईकल यात्रा सुरु गरेका छन् । लामो समयदेखि साइकल यात्रामा तल्लिन रहेका केशव घिमिरे र उनकी श्रीमती रुकमिणि सापकोटाले पर्यटन वर्ष लक्षित गर्दै दोस्रो पटकको साइकल यात्रा सफलताका साथ सम्पन्न गरेका छन् ।

पहिलोपटक बेनीबाट मुक्तिनाथ हुँदै मालढुङ्गासम्मको साइकल यात्रा सफलताका साथ सम्पन्न गरेको सो जोडीले दोस्रो पटक यहि असोज २५ गते बन्दिपुरको यात्रा गरेको थियो । दुई दिनको साइकल यात्रामा निकै उतारचढाप आएको उनको भनाई थियो ।

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै गरिएको सो यात्राका क्रममा नेपालमा रहेका पर्यटकीय क्षेत्रको अवलोकन तथा जिल्लामा रहेको पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई महत्व दिइएको घिमिरेले बताए । पर्यटन वर्ष सुरु नहुँदै अझै दुई स्थानमा साइकल यात्रा गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । उनका अनुसार माथिल्लो मुस्ताङ्को लुमाङ्थाङ् र सिन्धुलिगढीको साइकल यात्रा गर्ने लक्ष्य रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका