जोडिनुहोस
alt
  • होमपेज
  • नवलपुरको हर्कपुरमा स्कूलबसको ठक्करबाट बालिकाको मृत्यु

नवलपुरको हर्कपुरमा स्कूलबसको ठक्करबाट बालिकाको मृत्यु

कावासोती,असोज २८-

नवलपरासीपूर्व नवलपुरमा स्कूलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ । आफ्नै विद्यालयको बसको ठक्करबाट नवलपुरको गैँँडाकोट नगरपालिका–१२ हर्कपुरस्थित जनता माध्यमिक विद्यालयमा अध्यनरत पाँच वर्षीया शान्तिमाया डिसुवाको ज्यान गएको हो ।

विद्यालयको पर्खालभित्र ना५ख ६०२६ नं को बसले साइकलबाट झर्ने क्रममा शान्तिमायालाई ठक्कर दिएको थियो । गम्भीर रुपमा घाइते भएका उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

शव फेला

नवलपरासीको देवचुलीमा आज एक पुरुषको शव फेला परेको छ । देवचुली नगरपालिका–१६ रजहर चोकस्थित प्रतिक्षालयमा तनहुँको रिसिङ गाउँपालिका–६ का ५५ वर्षीय खुमबहादुर विकको शव फेला परेको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका