राजनीति

राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् चिनियाँ समकक्षी सीलाई स्वागत

Banner

काठमाडौँ,असोज २५-

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । भारतको चेन्नाइबाट आज दिउँसो करिव १ बजेर ५० मिनेटमा उडेका सी त्रिभुवन विमानस्थल पौने ५ बजे ओर्लिएका थिए ।

दुई दिने राजकीय भ्रमणमा नेपाल आएका राष्ट्रपति सीलाई समकक्षी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार ५ बजेर १२ मिनेटमा स्वागत गरेकी हुन्। राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट पदाधिकारीहरुले सीलाई विमानस्थलमै स्वागत गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>