Uncategorized

चिनियाँ राष्ट्रपति सी केहीबेरमा काठमाडौं आउँदै

Banner

काठमाडौं,असोज २५-

नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चीनफिङ केही समयपछि काठमाडौँ आउँदै हुुनुहुन्छ ।

राष्ट्रपति सीको स्वागतका लागि नेपालले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । भारतको चेन्नाइमा रहनुभएका राष्ट्रपति सी केही घण्टाअघि काठमाडौँका लागि प्रस्थान गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आउन लाग्नुभएको हो । चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>