चितवन विशेष

चितवनमा तेस्रो विश्व सम्मेलन हुने

Banner

चितवन, असोज २३–

चितवन यूवा समूह (अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल)को छैठौं साधारण सभा तथा तेस्रो विश्व सम्मेलन असोज २६ गते आइतबार भरतपुरमा हुने भएको छ । जिल्ला समन्वय समिति चितवनको सभाहलमा हुने सम्मेलनको पूर्व प्रधानमन्त्री एवंम चितवन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहालले समुद्घाटन गर्ने छन् ।

भरतपुरमा आज पत्रकार सम्मेलन गरी आयोजकले सम्मेलनमा तयारी पुरा भएको जनाएको छ । चितवन यूवा समूह (अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल) का अध्यक्ष मुक्तिप्रसाद अधिकारीले सम्मेलनमा ९ देशका समन्वय समितिका प्रतिनिधि गरी २५० जना प्रतिनिधिहरुको सहभागिता रहने जानकारी दिए । यस्तै सम्मेलनमा गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको समेत उपस्थिति हुने उनले जानकारी दिए । अध्यक्ष अधिकारीले सम्मेलनमा संस्थाले गरेका कार्य बारे समिक्षा हुनुका साथै भावी योजना बारे वृहत छलफल गरिने जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै संस्थाका सचिव गणेश ढकालले विदेशमा परेको चितवनबासी र अन्य नेपालीहरुको दुःख सुखमा साथ दिँदै आएको बताए । उनले थुप्रै नेपालीलाई उद्धार गर्नुको साथै आर्थिक सहयोग गर्दै आइरहेको बताए ।

यस्तै संस्थाका कतार अध्यक्ष रामहरि गैरेले संस्थालाई अन्य देशहरुमा समेत विस्तारको तयारी थालिएको बताए । उनले नेपालीहरुको बाक्लो बसोबास रहेको अष्ट्रेलिया र अमेरिकामा समेत विस्तारको तयारी भइरहेको बताए । उनले नेपालीहरुलाई परेको दुःख, सुखमा साथ दिनका लागि संस्था स्थापना गरिएकोले सोही अनुसार काम गर्दै आइरहेको बताए ।

संस्थाका प्रवास संयोजक समिर केसीले सबै चितवनबासी नेपालीलाई एकजुट बनाउने प्रयास भइरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>