क्रिकेट

टि–ट्वान्टी सिरिजः ओमानसंग नेपाल ६ विकेटले पराजित

Banner

काठमाडौं, असोज २३–

पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपाल घरेलु टोली ओमानसँग ६ विकेटले पराजित भएको छ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालले दिएको ६५ रनको झिनो लक्ष्य ओमानले ११.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्‍यो । ओमानका लागि सुरज कुमारले नटआउट ४२ रन बनाए । नेपालका लागि करन केसीले २, सोमपाल कामी र सन्दीप लामिछानेले समान एक विकेट लिए । नेपालले ओमानलाई १० ओभरसम्ममा दवाबमा राखेको थियो भने ११औं ओभरमा सन्दीप लामिछाने र १२ औं ओभरमा करन केसीको बलमा ओमानले विस्फोटक पारी खेल्दै जित हासिल गर्‍यो ।

यसअघि पहिले व्याटिङ गरेको नेपाल ६४ रनमै आलआउट हुन पुग्यो । नेपाल २० ओभरको खेलमा मात्र ११ ओभर मैदानमा टिक्न सक्यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २० र दीपेन्द्र सिंह ऐरीले ११ रन बनाए । नेपालका अन्य कुनै व्याट्सम्यानले पनि दोहोरो अंक जोड्न सक्यो । २ रनमै पहिलो विकेट गुमाएको नेपालले लगातार विकेट गुमाउन पुगेको थियो ।

ओमानका लागि आमिर खालिमले सर्वाधिक ५ विकेट लिए भने बिलाल खानले दुई विकेट लिए । आजको जितसंगै ओमान चार खेलमै जित हातपार्दै सिरिज माथि कब्जा जमायो भने ४ खेलमा दुई जित र दुई हार व्यहोरेको नेपाल ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ । टेष्ट राष्ट्र आयरल्याण्ड भने ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । यस्तै नेदरल्याण्ड चौथो र हङकङ अन्तिम स्थानमा रह्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>