खेलकुद

विश्वकप छनौटः अष्ट्रेलियासंग नेपाल ५–० गोलले पराजित

Banner

काठमाडौं, असोज २३–

कतारमा हुने फिफा विश्वकप फुटबल छनौट अन्तरगत नेपाल बलियो प्रतिद्धन्द्धी अष्ट्रेलियासंग ५–० गोल अन्तरले पराजित भएको छ । क्यानबेरास्थित जिओ स्टेडियममा भएको खेलमा नेपालमाथि पुरै हावी भएको अष्ट्रेलियाले जित हात पारेको हो ।

खेलको पहिलो हाफमा नेपाल ३–० अग्रता बनाएको अष्ट्रेलियाले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । अष्ट्रेलियाका लागि म्याकलानले ह्याट्रिक पुरा गरे । नेपालले अब होम अन्तरगत घरेलु मैदानमा पुनः अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तरगत नेपालले चाईनिज ताइपाइलाई पराजित गरेका थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>