गण्डकी

स्याङजामा एक युवकको हत्या

Banner

वालिङ, असोज २३–

स्याङ्जाको हरिनास गाउँपालिका– ५ बलिथुममा गएराति एक युवकको हत्या भएको छ ।

छ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय महेन्द्रबहादुर आलेको घटनास्थलमै मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय चिसापानीबाट राति नै घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयले हत्यामा संलग्नमध्ये पाँच जनालाई पक्राउगरिसकेको र एक जनाको खोजीकार्य भइरहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताउनुभयो । घटनाका कारण भने खुल्न सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>