चितवन विशेष

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, ३८ घाइते

Banner

चितवन,असोज २२-

चितवनमा भएको छुट्टछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका १५ रामपुर कृषि क्याम्पस अगाडि लु ५२ प १९०१ नम्वरको मोटरसाइकलले साइकल लाई ठक्कर दिँदा अन्दाजी ३५/३६ बर्षका पुरुषको मृत्यु भएको हो । ठक्करबाट घाइते उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

यस्तै गएराती भरतपुर १२ आस्थाचोकमा बस अनियन्त्रित भई पिपलको रुखमा ठोक्किदाँ ३८ यात्रु घाइते भएका छन् । काठमाडौंबाट सर्लाही तर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्वरको बस आफै अनियन्त्रित भई पिपलको रुखमा ठोक्किएको हो । घाइते ३० जनाको पुरानो मेडिकल कलेज र ८ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>