चितवन विशेष

चेपाङ बालबालिकालाई लायन्स रत्ननगर शान्तिचोकको खाद्यान्न सहयोग

Banner

चितवन, असोज १७–

लायन्स क्लव अफ रत्ननगर शान्तिचोकले छात्रावासमा रहेका चेपाङ विद्यार्थीहरुलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
गोरखा जिल्लाको गण्डकी गाउँपालिका ६, भुम्लिचोकमा रहेको तोमन डाँडा आधारभुत विद्यालयमा अध्यनरत २८ जना चेपाङ विद्यार्थीहरुलाई करीव ९ क्वीन्टल बराबरको चामल हस्तान्तरण गरेको हो ।

सो विद्यालयमा अभिभावक गुमाएका, असाध्यै विपन्न तथा जेहेन्दार विद्यार्थीहरु गाउँपालिकाका विभिन्न भागबाट छनोट गरी छात्रावासमा राखिएको छ । सो छात्रावासमा रहेका २८ जना चेपाङ विद्र्याीहरुको लागि खाद्यान्न सामग्री अभाव रहेको जानकारी पाएपछि क्लवले सहयोग गरेको हो । विद्यालयका पूर्व प्रधानाध्यापक गौतम अधिकारीले विद्यार्थीहरुको अवस्था बारे जानकारी गराए पश्चात् क्लवका सदस्यहरूबाट खाद्यान्न संकलन गरी हस्तान्तरण गरिएको कार्यक्रमका संयोजक क्लवका तृतीय उपाध्यक्ष गोकुल पराजुलीले जानकारी दिए ।

विद्यालयको भौतिक संरचना राम्रै भएता पनि छात्रावासमा रहेका विद्यार्थीहरुलाई दैनिक खाद्यान्न सामान पुर्याउन कठिन रहेको अवस्थामा करीव ४५ हजार रुपैयाँ बराबरको ३० बोरा चामल ३ महिना खान पुग्ने गरी खाद्यान्न सामान हस्तान्तरण गरिएको उनले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर चेपाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका अध्यक्ष बालकृष्ण भट्टराई प्रमुख अतिथी रहेका थिए । सो कार्यक्रममा क्लवका सदस्यहरु पुजन लामिछाने, नृपेश रेग्मीलगायतको सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>