खेलकुद

प्रथम मध्यविन्दु कपः रामपुर रोड्स चितवन विजयी

Banner

नवलपुर, असोज १७–

विमल तामाङको २ गोलको मद्धतमा रामपुर रोड्स क्लब चितवन चोरमारामा जारी प्रथम मध्यविन्दु कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आयोजक चोरमारा ‘बी’लाई ३–० पराजित गर्दै रामपुर रोड्सले विजयी सुरुवात गरेको हो ।

खेल सुरु भएको पहिलो मिनेटमै रामपुर रोड्सका तामाङले गोल गर्दे टिमलाई अग्रता दिलाए । लगत्तै चौथो मिनेटमा तामाङले नै अर्को गोल गर्दै टिमको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० ले अग्रता लिएको रामपुर रोड्सले दोस्रो हाफमा पुनःएक गोल गर्‍यो। दोस्रो हाफको पाँचौ मिनटेमा अनिल रानाले गोल गर्दै टिमलाई ३–० को जित दिलाए । आजको खेलको म्यान अफ दि म्याच दुर्इ गोल गरेका तामाङ घोषित भए । आजको खेलसंगै पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिता अन्र्तगत दोस्रो चरणका खेलहरु असोज २३ गतेदेखी संचालन गरिने आयोजक रंगशाला खेलमैदान स्तरोन्नतीका अध्यक्ष श्याम पौडेलले जानकारी दिए । असोज २३ गते दोस्रो चरणको पहिलो खेलमा आयोजक चोरमारा ए र भैरब स्पोर्टस क्लब गोपिजंगबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ । त्यसैगरि सेमीफाइनलबाट बाहिरिने दुइ टिमका लागि १५/१५ हजार, बेष्ट प्लेयरलाई १० हजार र सर्वाधिक गोलकर्तालाई ७ हजार नगद पुरस्कार दिइने आर्थिक संयोजक भिम हमालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>