चितवन विशेष

नारायणी नदीमा आजदेखी स्पीड मोटर बोट संचालन (भिडियोसहित)

Banner

चितवन, असोज १७–

चितवनको नारायणी नदीमा आज (शुक्रबार)देखी स्पीड मोटर बोट संचालनमा आएको छ । आयूस्मा मोटरबोट कम्पनी प्रा.लि.ले नारायणी नदीमा स्पीड मोटर बोट संचालनमा ल्याएको हो । आज एक कार्यक्रमकाबीच बोटको प्रदेश सांसदद्धय घनश्याम दाहाल र कृष्ण भुर्तेलले समुद्घाटन गरेका छन् ।

इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलादेखी भरतपुरको सानोगढीसम्म ४५.५ किलोमिटर दुरीमा मोटर बोटबाट जलयात्रा गर्न सकिने कम्पनीका अध्यक्ष विजयचन्द्र अधिकारीले जानकारी दिए । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्पीड मोटर बोट संचालनमा ल्याइएको अध्यक्ष अधिकारीले बताए ।

मोटर बोटमा चढ्नका लागि काठमाडौंको ठमेल र नारायणगढको पुलचोकमा मूख्य टिकट काउन्टर राखिएको मोटर बोटको व्यवस्थापन गरिरहेका कम्पनीका उपाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए । उनले कालीखोलादेखी सानोगढीसम्म प्याकेज सिस्टम, सिंगल र कपल टिकट समेत व्यवस्था गरिएको बताए । टिकटको मूल्य पाँच सय रुपैयाँदेखी माथि रहेको छ ।
हाल एउटा मात्र बोट संचालनमा आए पनि छिट्टै दुई वटा स्पीड मोटर बोट थप्ने तयारी भइरहेको बताए ।

यस कम्पनीले आउँदो वर्ष सम्ममा तीनदेखी पाँच करोडसम्मको लगानी गर्दै ४० सिटरको स्मल क्रुज २ महिनाभित्रमा संचालन गर्ने योजना गरेको कम्पनीका लागि सचिव कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

समुद्घाटन सत्रमा बोल्दै प्रदेश सांसदहरुले स्पीड मोटर बोटले चितवनमा जलपर्यटनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । आयूस्मा मोटर बोट कम्पनीले २०७५ फागुन ६ गते नेपाल सरकारबाट त्रिशुली र नारायणी नदीमा कार्य संचालन गर्नका लागि स्वीकृति पाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>