चितवन विशेष

‘मन्त्र ब्याण्ड’ले आज नारायणी किनार तताउने

Banner

चितवन, असोज १७–

दार्जिलिङको रक एण्ड रोल ब्यान्ड ‘मन्त्र’ले आज नारायणगढमा भव्य प्रस्तुति दिँदैछ । याक इभेन्ट्स प्रालिको आयोजनामा दसैँको अवसर पारेर आज (शुक्रबार) नारायणी नदी किनारमा कन्सर्ट आयोजना हुन लागेको हो ।

कार्यक्रममा चितवनका स्थानीय ब्याण्ड ‘द क्लाउड्स’ले समेत सांगीतिक माहोल तताउनेछ । स्थापित ब्याण्डसँगै स्थानीय ब्याण्डलाई समेत परिचित गराउने उद्देश्यले स्थानीय ब्याण्डलाई पनि स्थान दिइएको याक इभेन्टस्का सदस्य सूचन राईले जानकारी दिए ।

दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म हुने कार्यक्रममा मन्त्र ब्याण्डले आफ्ना चर्चित गीतसंगीत मार्फत भरतपुर मनोरञ्जन दिलाउने आयोजकको दाबी छ । मन्त्रले ‘वीर गोर्खाली’, ‘एकान्तमा’, ‘संस्कृति’, ‘सधैं सधैं’लगायतका सफल गीत दर्शक स्रोतामाझ पस्किसकेको छ । पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले दसैँको मौका पारेर २० वर्ष पुरानो ब्यान्डलाई चितवनमा मञ्च दिने प्रयास गरिएको इभेन्टस्का अर्का सदस्य गणेश भट्टराईले जानकारी दिए ।

यसअघि असोज ३ गते नै कन्सर्ट हुने निश्चित भए पनि मन्त्र ब्याण्डका सदस्यहरू सवारी दुर्घटनामा परेका कारण केही समय पर धकेलिएको उनको भनाइ छ । उक्त कार्यक्रममा करिब पाँच हजार दर्शक आउने अपेक्षा गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>