विशेष

जाईकाको सहयोगमा बनेको विद्यालय हस्तान्तरण

Banner

चितवन, असोज १६-

गोरखाको आरुपोखरी–७ मा रहेको धारापानी माध्यामिक विद्यालय तोकिएको समयअघि नै पुननिर्माणपछि हस्तान्तरण भएको छ ।

जापानको सहयोगमा निर्माण सुरु भएको १८ महिनामा विद्यालय हस्तान्तरण गर्नुपर्ने सम्झौता भए पनि १३ महिनामै विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको इन्जिनियर निशान अधिकारीले बताए । झण्डै ६ करोड लागतमा निर्माण भएको विद्यालयको एउटा तिन तले र अर्काे दुई तले गरी दुई वटा भवन निर्माण भएका छन् ।

१५ ओटा कक्षा कोठासहितको पुस्तकालय, कम्प्युटर ल्याबसहितको सुविधा उपलब्ध रहेको इन्जिनियर अधिकारीले बताए । सदरमुकाम गोरखाबाट ४० किलोमिटरको दूरीमा रहेको विद्यालय निकै ग्रामीण इलाकामा पर्छ । १७० विपन्न समुदायका विद्यार्थी अध्ययन गरिरहेको विद्यालयको भवन अभावमा अस्थायी छाप्रोमा अध्यापन हुँदै आएको थियो । जापान सरकारको सहयोग नियोग जाइकाको नेपाल सरकारलाई प्राप्त ऋण सहयोगमा विद्यालय निर्माण गरिएको हो । राष्ट्रिय पुन निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षाको ब्यवस्थापनमा निर्माण भएको भवन स्थानीय निकाय मार्फत् विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षा मार्फत् अझै पनि एक हजार ८०० विद्यालय निर्माण हुन बाँकी छन् । एक हजार ५१६ निर्माणका क्रममा छन् । ३०३ विद्यालय निर्माणका लागि ठेक्का सम्झौता भएको छ । एसियाली विकास बैंक र भारत सरकारको सहयोगमा निर्माण हुने निर्णय भएका कुल १७७ वटा विद्यालयका लागि हालै मात्र बोलपत्र खुलाइएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षाकी सूचना अधिकारी किरण कुमारी लेखकले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>