जोडिनुहोस
शुक्रबार, फाल्गुन १४, २०७७
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • नेपाली कांग्रेस भरतपुर महानगरको सभापतिमा अधिकारी

नेपाली कांग्रेस भरतपुर महानगरको सभापतिमा अधिकारी

चितवन, असोज १६-

नेपाली कांग्रेस भरतपुर महानगरको सभापतिमा भरत अधिकारी निर्विरोध चयन भएका छन् ।

अधिकारीलाई महानगर सभापतिका लागि साबिक नारायणी नगरसभापति टिकाराम भट्टराईले प्रस्ताव गरेका थिए भने साबिक चित्रवनका नगरसभापति सालिकराम पौडेलले सर्मथन गरेका थिए । नयाँ बनेको नेपाली कांग्रस भरतपुर महानगर समितिमा साबिक चित्रवनका सभापति सालिकराम पौडेल, नारायणीका सभापति टिकाराम भट्टराई तथा कबिलास गाँउ समितिका सभापति भैरवसिंह गुरुङ सहसभापति हुने केन्द्रीय प्रतिनिधि विष्णु अर्यालले बताए । अर्यालका अनुसार समितिका अन्य पदाधिकारी तथा सदस्यहरु पुरानै पदमा रहनेछन् ।

समायोजन बैठकमा नेपाली कांगे्रस चितवनका सभापति जितनारायण श्रेष्ठले यही मंसिर १४ गते चितवनका तीन वटा वडामा हुने उपनिर्वाचन कांग्रसका लागि अग्निपरीक्षा भएको बताए । उनले कार्यक्रममा उपस्थित नेता कार्यकर्तालाई यो उपनिर्वाचनमा विजयी बनी पार्टीको शाख फर्काउन आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेस चितवनमा पूर्वपाटी सभापतिहरु, सांसदहरु, पूर्वसांसदहरु, पार्टी तथा पार्टीका विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसैगरी नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नं १६ को पनि समायोजन आजै गरिएको छ । समायोजनपछि भरतपुर महानगरपालिका वडा नं १६ को सभापतिमा रामबहादुर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । बस्नेतलाई सभापतिमा निर्वाचित गर्न साबिक १८ नं वडाका बुथ सभापति अमृत हमालले प्रस्ताव गरेका थिए भने साबिक १७ का बुथ सभापति यम बहादुरगुरुङले सर्मथन गरेका थिए । साबिक भरतपुर उपमहानगरपालिका वडा नं १६, १७ र १८ वडाहरु भरतपुर महानगर बनेपछि भरतपुर महानगरपालिकाको १६ नं बडामा गाँभिएका हुन् । यो वडामा मंसिर १४ गते उपनिर्वाचन हँुदैछ । उपनिर्वाचनको मिति नजिकिए सँगै नेपाली काग्रेसले आफ्ना गतिबिधिहरु बढाइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका