चितवन विशेष

चितवनमा तीव्र गतिमा चलाउने १७ सवारी कारबाहीमा

Banner

चितवन, असोज १६

प्रदेश ३ प्रदेश ट्राफिक प्रहरी कार्यालय मातहत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले राजमार्गमा तीव्र गतिमा चलाउने १७ सवारीलाई कारबाही गरेको छ ।

राडर गनको प्रयोगद्वारा चेकजाँच गर्दा तीव्रगतिमा सवारी चलाउने १७ वटा सवारीका चालकलाई कारवाही गरेको तथा राजमार्गको विभिन्न स्थानमा छड्के चेकजाँच नियमित भइरहेको प्रहरीले जनाएको छ ।  जिल्ला ट्राफिक कार्यालयबाट चाडवाडको बेलामा बढी भाडा लिने सवारी साधन निगरानी गर्दा हालसम्म चार बस, तीन टाटा सुमो, एक वटा माइक्रोबाट तोकिएको भन्दा बढी भाडा सात हजार छ सय साठी सम्बन्धित यात्रुहरूलाई फिर्ता गराइएको प्रदेश कार्यालयले जनाएको छ । नियम अनुसार बढी भाडा लिने आठ वटा सवारीलाई जरिवाना गर्दा ९ हजार ५०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>