अन्तर्राष्ट्रिय

अमेरिकी इन्धन आयात, निर्यातमा कमी आयो

Banner

ह्युस्टन, असोज १६

अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै गत साता घटेको अमेरिकी ऊर्जा सूचना प्रशासनले जनाएको छ ।

अमेरिकामा गत साता प्रति दिन कच्चा तेल औसतमा ६२ लाख ९० हजार ब्यारेल रहेको थियो । अघिल्लो साताको तुलनामा यो प्रति दिन ८७ हजार ब्यारेलले कमी हो । यसैगरी गत साता कच्चा तेलको निर्यातमा पनि औसतमा प्रति दिन एक लाख १६ हजारले कमी आएको छ । गत साता औसतमा कच्चा तेलको निर्यात प्रति दिन २८ लाख ७० हजार ब्यारेल रहेको थियो ।

विगत चार हप्तामा कच्चा तेलको आयात औसतमा करिब ६६ लाख १० हजार ब्यारेल प्रति दिन रहेको छ, र यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै १२ लाख ४० हजार ब्यारेलले कमी हो । रासस\सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>