चितवन विशेष

शाहीको विषयमा प्रहरीको छवि धुमिल बनाउने प्रयास : चितवन प्रहरी

Banner

चितवन, असोज १६-

चितवन प्रहरीले सामाजिक सञ्जालमा पूर्वाग्रहीपूर्ण सामाग्री प्रसारण गरेर आक्रमणमा परेका ज्ञानेन्द्र शाहीको विषयमा आफ्नो छवि धुमिल बनाउने प्रयास भएको बताएको छ ।

चितवन प्रहरीले आज एक प्रेस व्यक्तव्य जारी गर्दै जुम्ला पिजी घर भई काठमाडौ बानेश्वर बस्ने वर्ष २९ का ज्ञानेन्द्र शाही भन्ने ज्ञानबहादुर शाहीमाथि भएको आक्रमणको घटनामा प्रहरीको छवि धुमिल बनाउने उद्देश्यले सामाजिक सञ्जालमा आएका पूर्वाग्रहीपूर्ण सामग्रीहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरीले असोज ११ गते दिउँसो ३ बजे शाही भरतपुर चौबिसकोठीको होटल ग्लोबलमा रहेको भन्ने पूर्वसूचना प्रहरीलाई नरहेको, उल्लेखित घटना सम्बन्धमा घटनाको खबर प्राप्त हुनासाथ तत्काल घटनास्थलमा प्रहरी टोली पुगी घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन मेडिकल कलेज पठाइएको जनाएको छ । त्यस्तै विज्ञप्तिमा प्रहरी टोली घटनास्थलमा पुग्नु अगावै घटनामा संलग्न मानिसहरु भागी फरार रहे पनि घटनामा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजतलास कार्य भइरहेको जनाएको छ ।  अहिले सम्म उक्त घटनामा सम्बद्ध पक्षबाट जाहेरी प्राप्त नभएता पनि घटनाको सत्यतथ्य छानबिनका लागि जिल्ला प्रहरी कार्यालय चितवनबाट अनुसन्धान टोली बनाइ घटना सम्बन्धमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>