चितवन विशेष

पूजा सहकारीको अध्यक्षमा उपाध्याय

Banner

चितवन, असोज १५–

रत्ननगर–१ बकुलहरमा रहेको पूजा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सदानन्द उपाध्याय चयन भएका छन् ।

संस्थाका नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बुद्धिप्रसाद देवकोटा, सचिवमा वसन्त कुमार देवकोटा, कोषाध्यक्षमा तुलसी आचार्य र सदस्यहरुमा अस्मिता बस्नेत, अर्चनादेवी शर्मा गौतम, रामबहादुर अधिकारी, हरिलाल गिरी, भरत आचार्य चयन भएका छन् ।

अधिवेशनले लेखा समिति संयोजकमा राजेन्द्र लम्साल, सुजन कट्टेल र विमला न्यौपानेलाई चयन गरेको छ । कार्यक्रममा संस्थाका प्रबन्धक सुरज लौडारीलाई पूजा हिरो अवार्डसहित छ जना कर्मचारी, १६ जना असल ऋणी, नौ जना उत्कृष्ट बचतकर्तालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा सचिव बुद्धि देवकोटाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष तुलसी आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो संस्थाले रत्ननगर–१४ मा रहेको द्धारिकादास माविका गरिब तथा विपन्न समुदायका २० जना विद्यार्थीलाई स्टेशनरी र सो विद्यालयको पुस्तकालयलाई डिस्नेरी प्रदान गरेको छ ।

कार्यक्रममा वडा नं १६ का वडाध्यक्ष हेमराज थापा, विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तव, शिक्षा समितिका संयोजक रामचन्द्र दुवाडी, सल्लाहाकार ऋषिराम बराललगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष उपाध्यायको अध्यक्षतामा भएको सो उद्घाटन कार्यक्रममा उपाध्यक्ष पशुपति उपाध्यायले स्वागत मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>