चितवन विशेष

मेडिकल स्टकिष्ट नारायणगढमा बास्तोलाको नेतृत्व

Banner

चितवन, असोज १५–

मेडिकल स्टकिष्ट अफ नारायणगढको १४ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन आज (बुधबार) सम्पन्न भएको छ ।
सो अधिवेशनबाट विष्णुप्रसाद बास्तोलाको अध्यक्षतामा ११ सदस्य सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा मदनकृष्ण घिमिरे, महासचिवमा श्रीनिवास पौड्याल चयन भएका छन् । त्यस्तै सचिवमा विज्ञान पोडेल, कोषाध्यक्षमा प्रकाश गुरुङ्ग र सहकोषाध्यक्षमा रामकृष्ण खकुराललाई चयन भएका छन् । नयाँ समितिको सदस्यहरुमा तारानाथ अधिकारी, धर्मेन्द्र आचार्य, नारायण पौडेल र मनोनित सदस्यमा दिपक बस्नेत रहेको नवनिर्वाचित अध्यक्ष बास्तोलाले जानकारी दिए ।

यस्तै अधिवेशनमा स्मारिका समेत विमोचन गरिएको छ । संस्थाले स्मारिकाको पहिलो अंक प्रकाशन गरेको स्मारिका प्रकाशन समितिका संयोजक कपिल सुवेदीले बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष सूर्यप्रसाद शर्मा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा रुद्र मल्ल, इश्वर कुमार भण्डारी, कल्याण जोशी, बद्री खनाल, जनकराज पौडेल, आन्नद चालिसेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम मेघनाथ पौडेलको अध्यक्षताका सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>