चितवन विशेष

दशैंमा अनौठो व्रतः छाती र हातमा जमरा उमार्दै चितवनकी कौशिलादेवी (भिडियोसहित)

Banner

निशा श्रेष्ठ

चितवन, असोज १५-

दशैमा हिन्दू धर्मवलाम्बीहरुको घरघरमा जमरा राख्ने प्रचलन स्वभाविक नै हो । तर, मान्छेको शरीरमा जमरा उमार्ने प्रयास भने सबैलाई अचम्म नै लाग्छ । भरतपुर महानगरपालिका–१० को कालिका मन्दिरमा एक जना महिलाले निर्जल निराहार रुपमा छाती र हातमा जमरा राखेर व्रत बसेकी छिन् । मन्दिरको मूल गेटको ठीक अगाडि देव्रेपट्टी झुलभित्र रातो कपडा ओडेर दुई हात र छातीमा टपरीमा जमरा राखेर भूँइमा एक महिला सुतेको देखिन्छ ।

भरतपुर महानगरपालिका–९ निवासी कौशिलादेवी न्यौपाने(ढकाल) पानी पनि नपिई घटस्थापनाको दिनदेखि कठोर र अचम्मको व्रत बसिरहेकी हुन् । उनलाई हेर्न सर्वसाधारणहरुको हरेक दिन भीड नै लाग्ने गर्छ ।  न्यौपानेले घटस्थापनाको ३\४ दिनअघिबाटै केहि पनि नखाई नवरात्रीको सुरुको दिनबाट व्रत आराम्भ गरेको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टेककान्त पण्डितले बताए । पहिल्यैदेखि नै धार्मिक आस्था राख्ने उनी यसपाली विश्वशान्ति, अहिंसाको लागि कठोर व्रत बसेको उनका श्रीमान् कृष्ण ढकालले बताए । उनले पाँच वर्षदेखिनै यस्तो खालको चाहना राखेता पनि यसपाली त्यही चाहना अनुरुप व्रत बसेको ढकालले बताए ।

घरपरिवारको सल्लाह अनुरुप नै उनी व्रत बसेको उनका श्रीमान् ढकालले नारायणी अनलाइनलाई जानकारी दिए । अन्य ठाउँमा सुने पनि पत्यक्षरुपमा पहिलोचोटी देख्न पाएको दैवी शतिmले मात्र यस्तो सम्भव हुने मन्दिरका प्रमुख पण्डित चन्द्रकान्त ढकालले जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>