चितवन विशेष

चितवन औद्योगिक साकोसको साधारण सभा सम्पन्न

Banner

चितवन, असोज १४-

चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्थाको आठौ वार्षिक साभारणसभा एवम् चौथो अधिवेशन सम्पन्न भएको छ ।

चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ३ की प्रदेश सभा सदस्य माननीय कञ्चन खनाल प्रमुख अतिथि रहेकी थिइन् । चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष सुधा सुवेदी पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष एवम् साकोसका सल्लाहकार भेषराज दूवाडी, जिल्ला सहकारी संघका सञ्चालक भगवती पौडेल, नेफ्स्कूनका सञ्चालक सदस्य एवम् चितवन फिल्ड कार्यालयका संयोजक शान्ति ढकाल अधिकारी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधि विद्या कोइराला विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा चितवन औद्योगिक विकास साकोसका सल्लाहकार एवम् संघका पूर्वअध्यक्ष हरिप्रसाद सुवेदी, साकोसका सल्लाहकार एवम् संघका निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे, साकोसका सल्लाहकार एवम् संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश नं. ३ की प्रदेशसभा सदस्य कञ्चन खनालले सहकारी अभियन्ता सहकारीका प्रबद्र्धक एफडब्लु राइफसन र राष्ट्रिय अभियान्त स्व. वखानसिंह गुरुङको तस्वीरमा माल्यार्पण र गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

कार्यक्रमअन्तर्गत वार्षिक प्रगति प्रतिवेदन तथा भावी योजना संस्थाका अध्यक्ष त्रिलोचन कँडेलद्वारा, सचिवको प्रतिवेदन कार्यवाहक सचिव दक्षिणा गैह्रे न्यौपानेबाट, आर्थिक वर्ष ०७५\०७६ को लेखा परीक्षण प्रतिवेदन र आव ०७६\०७७ को अनुमानित आयव्यय कोषाध्यक्ष धनप्रसाद पोखरेलबाट, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक गोविन्द अर्यालबाट, ऋण उपसमितिको प्रतिवेदन ऋण उपसमिति संयोजक दुर्गाप्रसाद भण्डारीबाट र आन्तरिक नीति नियम र कार्यविधिहरु नीति नियम र कार्यविधि उपसमितिका संयोजक दण्डपाणी भट्टद्वारा सभामा पेस गरिएको थियो ।

साधारणसभाको अवसरमा शेयर सदस्यहरु मध्येबाट विभिन्न विद्यामा सम्मान एवम् पुरस्कृत गरिएको थियो । जसअन्तर्गत असल ऋणिको रुपमा विकल्प कंक्रिट उद्योगका विष्णु पौडेल, बानिया कंक्रिट उद्योगका नवराज बानिया, बुद्धम कपी उद्योगका नविन रिजाल, दिपकलश मसला तथा दालमेठ उद्योगका पार्वती कँडेल, जिपीलेडिज टेलर्सका गोविन्दप्रसाद पौडेल, गोल्डेन एग्रो केमिकल्स प्रालिका मदन घिमिरे, लोकप्रिय दाना उद्योगका गौरव भण्डारी र गोमा भण्डारी, नेशनल हिटरका भोजराज काफ्लेलाई सम्मान एवम् पुरस्कृत गरिएको थियो ।

त्यस्तै ऋण कारोबारमा धेरै कर्जा परिचालन गरी संस्थाको आयवृद्धिमा विशेष योगदान पु¥याएको भन्दै होटल स्टार व्यान्क्वेटकी विनिता दुवाडी, रत्ननगर प्याकेजिङका गजेन्द्र अधिकारी र होटल स्टार व्यान्क्वेटकै भेषराज दुवाडीलाई सम्मान गरिएको छ ।  शेयर सदस्यका परिवारबाट सदस्य कमल घिमिरेका पुजनीय हजुरबुबा वर्ष ९१ का महेश्वर घिमिरे र शेयर सदस्य ताराप्रसाद पौडेलकी ममतामयी माता वर्ष ९१ की पद्मावती पौडेललाई ज्येष्ठ वृद्धवृद्धाको रुपमा सम्मान गरिएको थियो । त्यस्तैगरी सक्रिय शेयर सदस्यको रुपमा संस्थाको वृद्धिविकासको लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै माडी बायो स्याण्ड फिल्टर उद्योगका भोजराज खनाललाई सम्मान गरिएको थियो ।

त्यसैगरी बचत कारोबारमा धेरै रकम बचत गरेको भन्दै राजेन्द्र सटर ग्रिल उद्योगका मोहनलाल श्रेष्ठ, चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समिति र राजेन्द्र सटर ग्रिल उद्योगका मेहरमान श्रेष्ठलाई आदर्श निक्षेपकर्ताको रुपमा सम्मान गरिएको थियो । त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डले लिएको शैक्षिक सत्र २०७५ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १० (एसईई) मा ४ जीपीए ल्याउन सफल शेयर सदस्य ईश्वरकुमार भण्डारीका सुपुत्र ईशानकुमार भण्डारी र राष्ट्रिय परीक्षा बोर्डले लिएको शैक्षिक सत्र २०७५÷०७६ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (११+१२) को नतिजामा ३.३३ सीजीपीए ल्याउन सफल शेयर सदस्य खड्गबहादुर बानियाकी सुपुत्री एलिज बानियालाई सम्मान गरिएको थियो । कार्यक्रममा सञ्चालक समितिको विभिन्न समिति, उपसमितिमा रही कार्य गरेको भन्दै कार्यसमिति, लेखा समिति, ऋण समिति, शिक्षा समितिलगायतका विधा समितिलाई सम्मानसमेत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>