समाज

सभामुख महरा भन्छन्ः भनेको नमान्दा महिलाले निराधार अभियोग लगाइन्

Banner

काठमाण्डौं,असोज ११-

सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले गम्भीर आरोप लगाएकी छन्। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएकी छन्। तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ।

संसद् सचिवालयमा स्वास्थ्यको दरबन्दी छैन। दरबन्दी बनाइदिनुपर्‍यो भन्नुभएको थियो, मैले गर्न मिल्ने कुरै होइन, महराले भने, भनेको नमानेपछि ममाथि निराधार आरोप लगाउनुभयो। आफ्नो सचिवालयका तर्फबाट औपचारिक विज्ञप्ति आउन लागेको भन्दै महराले त्यसलाई पर्खिन भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>