राजनीति

काँग्रेस नेतामाथि नेकपाका कार्यकर्ताद्वारा आक्रमणको प्रयास

Banner

काठमाडौं,असोज १२-

नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद डा.मिनेन्द्र रिजालमाथि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् । तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि भएका नेता रिजालमाथि जिल्ला सदरमुकाम दमौलीबाट रिसिङ जाँदै गर्दा नेकपाका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका हुन् ।

उद्घाटन कार्यक्रममा जान नदिन नेकपाका कार्यकर्ताहरुले बाटोमा रुख ढाल्नुका साथै ढुंगा राखेर अवरोध सिर्जना गरेको बताइएको छ । यता, नेता रिजालले आफूमाथि नेकपा कार्यकर्ताद्वारा हतियार र लाठीले आक्रमण गर्न प्रयास भएको बताएका छन् । ‘नेकपाका कार्यकर्ताको अवरोधका बीच काँग्रेस बका स्थानीय नेता–कार्यकर्ताको साथ कार्यक्रममा पुगेको उनले बताए ।

गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवनको उद्घाटन काँग्रेस नेता रिजालबाट गराउने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णयका विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>