समाज
अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने कानुनी व्यवस्था हुँदै
०

काठमाडौं,असोज २-
सरकारले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने कानुनी व्यवस्था गर्न लागेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीहरुलाई अनिवार्य रुपमा स्वदेशी कपडा लगाउन बाध्य हुने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न लागिएको जानकारी दिएको हो ।
उनले त्यसका लागि गुणस्तरीय उत्पादन र त्यसको मूल्य सहज बनाउन पनि स्वदेशी कपडा उद्यमीहरुलाई सचेत गराए । अर्थमन्त्री खतिवडाले सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरु भाडामा लिन पनि निजी क्षेत्रलाई आह्वान गरे । उनले हेटौंडा कपडा कारखाना र बुटवल धागो कारखाना निजी क्षेत्रलाई भाडामा दिने सहमति गरिएको र केही दिनभित्रै त्यसलाई मन्त्रिपरिषदबाट पारित गराउने जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>