अन्तर्राष्ट्रिय
मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण निःशुल्क

काठमाडौं असोज , १-
मलेसिया काम गर्न जाने नेपाली कामदारले स्वास्थ्य परीक्षण गरेबापत नेपालमा तिरेको रकम मलेसिया पुगेपछि फिर्ता पाउने भएका छन् । काठमाडौंस्थित मलेसियन दूतावासले एक प्रेस विज्ञप्ति निकालेर कामदारको स्वास्थ्य परीक्षण निःशुल्क भएको जानकारी दिएको छ ।
दूतावासका अनुसार नेपालमा कामदारले तिर्ने रकम मलेसियास्थित रोजगारदाता कम्पनीले फिर्ता गरिदिनेछ । कामदारले नेपालमा तिरेको रकम पहिलो महिनाको तलबमा पाउने दूतावासको भनाइ छ ।
स्वास्थ्य परीक्षणको शुल्क ४ हजार ५ सय, बायोमेडिकल सेवा शुल्क २८ सय रुपैयाँ र नेपाल सरकारलाई बुझाउनुपर्ने भ्याट शुल्क ३ सय ६४ रुपैयाँ गरी कुल ७ हजार ६ सय ६४ रुपैयाँ तोकिएको छ ।
स्वास्थ्य मापदण्ड पुग्ने स्वास्थ्य संस्थालाई बायोमेडिकल प्रणालीमा समावेश गर्दै लैजाने जनाएको छ । हाल ३६ वटा स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाएका छन् ।
काठमाडौंस्थित मलेसिया दूतावासको प्रेस विज्ञप्ति: