Uncategorized
स्वास्थ्य उपचार गरेर सिंगापुरबाट स्वदेश फर्किए प्रधानमन्त्री
०

काठमाडौं भदौ २०
प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं उत्रिएका छन्। १५ दिन लामो सिंगापुर बसाइ पूरा गरेर आज थाइ एयरवेजबाट उनी काठमाडौं उत्रिएका हुन्।
१० दिन सिंगापुरमा उपचार गरेर नेपाल आएका ओली १० दिन नेपालमा बसेपछि फेरि थप उपचारका लागि सिंगापुर फर्किएका थिए।
आज ओलीको प्रतीक्षामा मिडियाहरु विहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए तर उनले पत्रकारहरुसँग कुनै कुराकानी गरेनन्।
हात हल्लाउँदै एरपोर्टबाट बाहिर निस्किएका प्रधानमन्त्री ओली त्यहाँबाट बालुवाटारतिर लागेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>