अन्तर्राष्ट्रिय

चीनको एक कारखानामा आगलागी : १९ जनाको मृत्यु

Banner

हाङ्झोउ असोज १३-

चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् ।

दैनिक आवश्यताको सामाग्री उत्पादन हुने यस कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराती १ः२० मा आगलागी शुरु भएको बताइएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ६ बजे सो आगलागीमा परी मारिने व्यक्तिको सङ्ख्या १९ पुगेको प्रहरीले जनाएको छ । यस दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।रासस /सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>