चितवन विशेष

बस चालकलाई चितवनका सिडियोको फूलमाला

Banner

चितवन,असोज १२-

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बसका चालकहरुलाई आइतबार फूलमाला लगाई सुरक्षित यात्राका लागि बिदाइ गरेका छन् । बस्नेतले चाडपर्वको अवसरमा यात्रा गर्ने यात्रुहरु सवार विभिन्न सवारी साधनका दर्जन बढी चालकलाई फूलमाला लगाई पोष्टर पम्प्लेट प्रदान गरी चालकहरुको मनोबल उच्च राख्ने काम गरेका थिए । यात्राको समयमा सवारी चालकको सबैभन्दा ठूलो जिम्मेवारी हुने चर्चा गर्दै प्रजिअ बस्नेतले भने, ‘सवारी साधनमा यात्रा गर्ने यात्रुहरुका लागि चालक नै भगवान् हुन, तपाईहरुकै हातमा सबै यात्रुहरुको जीवन छ ।’

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयद्धारा आइतबार नारायणगढ बसपार्कमा आयोजित ‘यात्रु सहायता कक्ष’को उद्घाटन गर्दै उनले देशभर यात्रा गर्ने यात्रुहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउनु सबैको चाहना हुने भए पनि विभिन्न कमजोरीका कारण दुर्घटना हुने गरेको बताए ।

कार्यक्रममा ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी पोष्ट स्थापना, विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम गर्नेलगायतका कार्य गरिरहेको बताए । उनले सबैको प्रयासमा मात्र सडक यात्रा सहज र सुरक्षित हुने बताए ।

यस्तै चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले छिटो गए भन्न सकिन्न ढिलो गए अवस्य पुगिन्छ भन्ने धारणालाई आत्मसाथ गर्नुपर्ने धारणा राखे । उनले प्रहरी र नागरिकको समन्वयमा मात्र समाजलाई शान्त बनाउन सकिने बताए । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले सडक दुर्घटना सवारी चालकका कारण मात्र नहुने भन्दै सडक सुधारमा सरकारले ध्यान दिनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>