चितवन विशेष

फेसबुकमा मेयर रेनु दाहाललाई जथाभावी लेख्नेविरुद्ध प्रहरीमा उजुरी

Banner

चितवन,असोज १२-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी फेसबुकमा अश्लील पोष्ट गर्ने, श्रब्यदृश्य र स्टाटस राख्नेविरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको छ । महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी आइतबार दिउँसो दर्ता गराएको हो । विभिन्न समूह र व्यक्तिका नाममा मेयर रेनु दाहालको चरित्र हत्या गर्ने निकृष्ट र घृणित कार्य गर्नेविरुद्ध कानुनी कारवाहीका लागि जाहेरी दर्ता गरिएको महानगरपालिकाका मेयर दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।

शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाहीमाथिको आक्रमणपछि केही सामाजिक सञ्जालका प्रयोगकर्ताले मेयर रेनु दाहालका तस्वीर जोडी अर्धनग्न तस्वीर, फेसबुक स्टाटस र फेक आइडी बनाई पोष्टसमेत गरेका थिए ।

चितवन प्रहरी प्रमुख दानवहादुर मल्लले महानगर प्रमुख दाहाललाई लक्षित गरी आएका अश्लिल पोष्टबारे जाहेरी आएको बताए । आवश्यक अनुसन्धान र गलत हर्कत गर्नेहरुको खोजि सुरु भइसकेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>