होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • चितवनका पत्रकार ध्रुवराज खनाल सम्मानित

चितवनका पत्रकार ध्रुवराज खनाल सम्मानित

चितवन, असोज १२-

चितवनका युवा पत्रकार ध्रुवराज  खनाललाई युनिक बचत तथा ऋण सहकारी संस्थाले आइतबार सम्मान गरेको छ ।

चितवनको रत्ननगर मुख्य कार्यालय रहेको युनिक बचत तथा ऋण सहकारी संस्थाले १२ औं वार्षिक साधारण सभाका अवसरमा आइतबार खनाललाई सम्मान गरेको हो । पत्रकारिता मार्फत् सहकारी सम्र्वद्धन तथा विकासमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै पत्रकार खनाललाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारायण वन, संस्थाका अध्यक्ष हरिभक्त घिमिरे, पूर्वअध्यक्ष कोमलचन्द्र खनालले पत्रकार खनाललाई दोसल्ला ओढाई प्रशंसापत्रले सम्मान गरेका थिए । पत्रकार खनाल डेढ दशकदेखि पूर्वचितवनमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । पूर्वी चितवन पत्रकार संघका सचिवसमेत रहेका खनाल चितवनको कायाकैरन दैनिक र मकालु खबर अनलाइनमा कार्यरत छन् ।

साधारण सभाकै अवसरमा सहकारीका ज्येष्ठ शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा सहकारीका कार्यकारी प्रमुख अधिकृत मेघनाथ लामिछानेले संस्थाले गत वर्ष गरेको प्रगतिको विवरण प्रस्तुत गरेका थिए । प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लामिछानेले गत वर्ष सो सहकारीले चार करोड रुपैयाँ मुनाफा गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका