चितवन विशेष

चितवनमा दूधपोखरी सम्पर्क समाजको दसैँ विशेष कार्यक्रम

Banner

चितवन, असोज १०-

लमजुङको उत्तरपूर्वी दूधपोखरी गाउँपालिकाअन्तर्गतका विभिन्न गाउँमा जन्मिएर अहिले कामको सिलसिलामा चितवन र नवलपुर आएर बसेका नागरिकहरुको संस्था दूधपोखरी सम्पर्क समाजले आज भरतपुरमा दसैँ विशेष कार्यक्रम गरेको छ ।

समाजका अध्यक्ष होमनाथ न्यौपानेको अध्यक्षतामा भएका कार्यक्रममा समाजका सबैभन्दा वृद्ध सदस्य दिनानाथ दवाडीले शुभकामना मन्तव्य राखेका थिए । उनले काम र रोजागारीको सिलसिलामा मानिस जता भए पनि जन्मिभूमिप्रतिको प्रेम सदैव रहिरहने बताए । समाजका उपाध्यक्ष तथा व्यवसायी गणेश गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाका सल्लाहकार डोलनाथ भट्टराई, कार्यसमितिका कानुनी सल्लाहकार श्रीराम दवाडी, चितवनका सामाजसेवी श्री दवाडी, कार्यसमितिका सदस्य किशोरचन्द्र अधिकारी , व्यवसायी सोनी दवाडी, दूधपोखरी एम्बुलेन्स सञ्चालन कोषका सहयोगदाता माधव न्यौपाने, कार्यसमितिका सदस्य विष्णु न्यौपाने, कार्यसमितिका सल्लाहकार खुशीमान गुरुङ, कार्यसमितिका सदस्य श्रीकृष्ण दवाडीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सम्पर्क समाजका सचिव मधुसूदन दवाडीले सम्पर्क समाजले स्थापना गरेको एम्बुलेन्स सञ्चालन कोषमा जम्मा भएको रकम र सहयोगदाताहरुको नामावली प्रस्तुत गरेका थिए । समाजले गरेको दसैँ विशेष चिठा कार्यक्रममा समाजका सल्लाहकार पूर्णचन्द्र दवाडी र संस्थाका अध्यक्ष न्यौपानेले विजेतालाई कार्यक्रममा उपहार पनि प्रदान गरेका थिए । त्यस्तै कार्यक्रममा संस्थाका आजिवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै सहयोगदाताहरुलाई सम्मान पनि गरिएको थियो ।

समाजले गरेको दसैँ विशेष चिठा कार्यक्रममा दूधपोखरी घर भई पूर्वचितवन बस्ने व्यवसायी मदन दवाडीले खसी, भरतपुर–११ बसेनीका बुद्धिबहादुर गुरुङले दोस्रो उपहार ग्यास सेट, क्षेत्रपुरका मकराम गुरुङले तेस्रो पुरस्कार प्रेसर कुकर जितेका छन् । प्रथम पुरस्कार विजेता दवाडीले खसी किन्दा लागेको रकम दूधपोखरी सम्पर्क समाजको एम्बुलेन्स सञ्चालन कोषमा हस्तान्तरण गर्ने घोषणा पनि गरेका छन् । त्यस्तै कार्यक्रममा चितवन र नवलपुरमा बस्ने दूधपोखरी गाउँपालिकाका अन्य १० जनालाई सान्त्वना पुरस्कार भित्ते घडी प्रदान गरिएको छ । चितवनमा परेको निरन्तरको झरी र प्रतिकुल मौसमको कारणले कतिपय मनोरञ्जनात्मक कार्यक्रम तिहारलाई सारिएको संस्थाका कोषाध्यक्ष राधा दवाडीले नारायणी अनलाइनलाई जानकारी दिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>