चितवन विशेष

ढुंगा र इट्टाले हानिएको थियो ज्ञानेन्द्र शाहीलाई

Banner

चितवन, असोज ११–

शनिबार दिउँसो भरतपुरको चौविसकोठीमा ‘नेपालका लागि नेपाली’ नामक कार्यक्रम आयोजना गरिएको थियो । सोही कार्यक्रमलाई सम्बोधन गर्न भ्रष्टचार विरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही चितवन आईपुगेका थिए ।

कार्यक्रमलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले बिथोलेपछि उनी बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा चढेर ग्लोबल होटल पुगे । उनलाई पछ्याउँदै नेकपाका कार्यकर्ता होटलमै पुगेर बस भित्रै शाहीलाई आक्रमण गरे । आक्रमणकारीहरुले शाहीलाई ढुंगा र इट्टाले प्रहार गरेका थिए । उनलाई तत्कालै कारमा राखेर चितवन मेडिकल कलेज पु¥याईएको थियो । त्यहाँको उनको सिटि स्क्यान गरिएपछि थप उपचारका लागि आज नै काठमाडौं लगिएको छ ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भिरता देखएपछि उनलाई थप उपचारका लागि काठमाडौं लागिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>