चितवन विशेष

चितवनमा भएको झमटा र ठेकरा प्रतियोगितामा बैरहनी समूह पहिलो

Banner

चितवन, असोज ११-

थारु जातिको महान पर्व यमोसा (पितृऔसीँ) पर्वको अवसरमा शुक्रबार सिनर्जी एफएमको गरेको वृहत् झमटा र ठेकरा प्रतियोगितामा बैरहनी झामटा समूह पहिलो भएको छ ।

चितवन र नवलपुरका गरी २२ समूहको सहभागिता रहेको प्रतियोगितामा बैरहनी झामटा समूहले प्रथम हुँदै नगद २५ हजार रुपैयाँ प्राप्त गरेको हो । त्यस्तै कार्यक्रममा नवज्योति थारु महिला समूह कालिका–२ दोस्रो हुँदै २० हजार प्राप्त गर्दा जनचेतना आमा समूह गैँडाकोटले तेस्रो स्थान हासिल गर्दै १५ हजार रुपैयाँ प्राप्त गरे ।

कार्यक्रममा प्रोत्साहन स्वरुप एकता महिला समूह हरैया तथा पकडी समूह भरतपुर पकौडीलाई पाँच÷पाँच हजार प्रदान गरिएको थियो । यसअघि कार्यक्रमको उद्घाटन सत्रमा चितवनबाट स्थानीय तथा प्रदेशसभामा उम्मेदवार भै विजयी भएका थारु समुदायका सम्पूर्ण जनप्रतिनिधिलाई सम्मानित गरिएको थियो । सोही कार्यक्रममा माडी नगरपालिकाकी उपमेयर ताराकुमारी काजी महतोले सिनर्जी एफएमले गरेको यो कार्यक्रमको खुलेर प्रशंसा गरिन् ।  सिनर्जी एफएमले विभिन्न जात–जातिको रितिरिवाजको अवसरमा कार्यक्रम गर्ने गरेको बताउँदै उनले आफूले अन्य कार्यक्रमलाई स्थगित गरेर झमटा कार्यक्रममा सहभागिता जनाएको बताइन् ।

यस्तै कार्यक्रमको अध्यक्ष रेडियोका स्टेसन म्यानेजर रामकान्त पौडेलले अहिले यो कार्यक्रम सुरुवात मात्र भएको बताउँदै आगामी वर्षदेखि विभिन्न ठाउँमा नै गइ कार्यक्रम गर्ने उद्घोष गरे । साथै कार्यक्रममा उल्लेखनिय सहभागिता जनाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगी संघसस्था तथा सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरे । सिनर्जी एफएमको आयोजना र थारु कल्याणकारिणी सभा र कालिका नगरपालिका वडा न ५ तथा थारु पत्रकार संघ चितवनको संयोजनमा भएको कार्यक्रममा सहभागिता जनाएका सहभागीले झमटा मार्फत् आफ्नो प्रस्तुति दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>