चितवन विशेष

लियो क्लव अफ नारायणगढले मनायो ३२ औं स्थापना दिवस

Banner

चितवन, असोज १०–

चितवनको लियो क्लव अफ नारायणगढले आज (शुक्रबार) ३२ औं स्थापना दिवस मनाएको छ । भरतपुर महानगरपालिका–१२ मा रहेको ‘आमाको माया छात्रावास’ मा आश्रित बालिकाहरुलाई भोजन गराई क्लवले स्थापना दिवस मनाएको हो ।

छात्राबासमा आर्थिक अवस्था कमजोर भएका परिवारका बालिका, भूकम्पमा घरबार गुमाएका बालिका र आमाको न्यानो माया पाउन नसकेका बालिकाहरु आश्रित छन् । क्लवले एक दिनको खाना खुवाएर सामाजिक कार्यलाई अघि बढाएको हो । आमाको माया छात्रवासकी कृष्णकुमारी गिरीको प्रमुख आतिथ्यता एवंम क्लवका अध्यक्ष कृष्णचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका पूर्वअध्यक्षहरु सवल पिया, रविन अधिकारी, क्लवका प्रथम उपाध्यक्ष गणेश जिसी, क्लवकी कोषाध्यक्ष अमृता श्रेष्ठ, स्वास्थ्य कार्यक्रम संयोजक मोहन तिवारीलगायतको उपस्थिति रहेको थियो ।

लियो क्लव अफ नारायणगढ चितवनको पहिलो र ऐतिहासिक लियो क्लव हो । यस क्लव लियो जिल्ला परिषद् ३२५ बी टु अन्तरगत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>