क्रिकेट

त्रिकोणात्मक टि–ट्वान्टी सिरिजः जिम्बावेसंग नेपाल पराजित

Banner

काठमाडौं, असोज १०–

सिंगापुरमा शुक्रबारदेखि सुरु भएको त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसंग ५ विकेटले पराजित भएको छ । नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८ं१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । जिम्बावेका लागि मुटुम्बामीले अविजित रहँदै २८ बलमा ४० रनको विष्फोटक पारी खेले भने बुरी ४१ रनमा अविजित रहे । जिम्बावेका मुख्य तीन जना व्याट्सम्यान खाता नखोल्दै आउट भएका थिए । धर्मराएको जिम्बावेको पारी मुटुम्बामी र बुरीले सम्हालेका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले मात्र १५ रन खर्चिएर ३ विकेट लिए । सन्दीपले जिम्बावेको मुख्य व्याट्सम्यानहरुलाई आउट पारेका थिए । यस्तै कप्तान पारस खड्काले एक विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले रनआउट पारेका थिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेपालले ६ विकेट गुमाएरु १३२ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४० रन, पारस खड्काले १८, सोमपाल कामीले १४ बलमा २५ रन बनाएका थिए भने विनोद भण्डारीले ११ रन बनाए । नेपालका लागि टि–ट्वान्टीमा डेब्यु गरेका इसान पाण्डे ४ रन र कुशल मल्लले २ रन मात्र बनाए । जिम्बावेका लागि विलियम्सले २ विकेट लिए । नेपालले अर्को खेल सिंगापुरसंग खेल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>