समाज

नागढुंगा–नौबिसेको जाममा परेको गाडीमा यात्रुको ज्यान गयो

Banner

काठमाण्डौ,असोज १० –

नागढुंगा–नौबिसे सडकखण्डको जाममा परेको गाडीमा यात्रुको ज्यान गएको छ ।जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहट गरुणा नगरपालिका ८ का ३५ वर्षका रुपलाल शाहको जाममा परेका बेलामा बिहान ज्यान गएको प्रहरीले जनाएको छ । शाह क्यान्सर पीडित भएको परिवारले बताएका छन् ।

गाडीमा रहेका शाहको के कारणले ज्यान गएको हो भन्ने बारेमा खुल्न बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>