चितवन विशेष

भरतपुरको कार्टुन उद्योगमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा

Banner

चितवन,असोज ९-

चितवनको भरतपुर महानगरपालिका–४, दुर्गाचोकमा रहेको कार्टुन उद्योग (युनाईटेड प्याकेजिङ प्रा.लि.) मा मगलबारदेखि लोगको आगो आज मात्र नियन्त्रणमा आएको छ । मंगलबार बिहान ३ बजेदेखी लागेको आगो तीन दिनपछि आज दिउसो ३ बजे नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय नारायणगढका इन्चार्ज प्रहरी निरीक्षक रविन रेग्मीले जानकारी दिनुभयो ।

पाँचवटा दमकलको माध्यामबाट मंगलबारदेखि निरन्तर आगो नियन्त्रणको प्रयास गरिएको थियो । भरतपुर महानगरपालिकाको दुईवटा दमकल,खैहरनी नगरपालिका,कावासोती नगरपालिका र नेपाल आर्मीको एकरएक दमकल आगो नियन्त्रणका लागि प्रयोग गरिएको थियो । नेपाली सेना,प्रहरी र स्थानिय आगो नियन्त्रणमा खटिएका हुन् ।

चट्याङ परेपछि उद्योगमा आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट करोडौंको क्षति भएको र त्यसको तथ्याङ संकलन भइरहेको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>