चितवन विशेष

भरतपुरको बाल्मीकि शिक्षा सदन फेरी उत्कृष्ट

Banner

चितवन,असोज ९-

चितवनको बाल्मीकि शिक्षा सदन फेरी उत्कृष्ट भएको छ । राष्ट्रिय परिक्षा बोर्डद्धारा लिइएको कक्षा ११ को बार्षिक परिक्षामा बाल्मीकि शिक्षा सदन उत्कृष्ट बनेको हो । कलेजले कक्षा ११ र १२ को परिक्षामा प्रत्येक बर्ष उत्कृष्ट नजिता हाँसिल गर्न सफल भएको छ । यसबर्ष कलेजमा अध्ययनरत छात्र विवेक पौडेल ३.९२ जिपिए ल्याएर जिल्ला दित्तिय हुन सफल भएका छन् ।

यस्तै ३.८९ जिपिए ल्याएर आदित्य बानियाँ,दिपक दवाडी र आरोग्य भण्डारी जिल्ला तृतीय भएको बाल्मीकि शिक्षा सदनका प्लसटु संयोजक प्रदिप पौडेलले जानकारी दिए । उनले ३.८६ जिपिए सहित दुईजना जिल्ला चौथो र ममता खरेल छात्रातर्फ जिल्ला प्रथम भएको बताए ।

बाल्मीकिका कुल विद्यार्थीमध्य २१ जनाले ए प्लस ल्याएर विज्ञानतर्फ ९९.१२ प्रतिशत र व्यवस्थापन तर्फ ९८.२५ प्रतिशत विद्यार्थी सफल भएको पौडेलले बताए । विद्यालयको वातावरण,अनुभवी शिक्षक,विद्यार्थीको मेहनत र लगनशिलता एवंम अभिभावकको सही मार्गदर्शनले संधै उत्कष्ट नतिजा हाँसिल हुने गरेको उनको दावी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>