खैरहनी

डेंगु र स्क्रव टाइफसबारे सचेतना फैलाउँदै लियो चितवन इष्ट

Banner

चितवन, असोज ८–

चितवनमा अझै पनि डेंगुको संक्रमण देखिन थालेपछि विभिन्न संघसंस्थाहरुले जनचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिएका छन् ।

सामाजिक कार्यक्रममा सक्रिय लियो क्लव अफ चितवन इष्ट र शिवनगर युवा समाजको संयुक्त आयोजनामा पूर्वीचितवनको खैरहनी नगरपालिका–१२ सिसानीमा डेंगु र स्क्रव टाइफस सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको छ ।

कार्यक्रममा लियो क्लव अफ चितवन इष्टकी सचिव एवंम् मेडिकल अध्ययनरत विद्यार्थी प्रेचान थपलियाले डेंगुको लक्षण र डेंगु लाग्ने अवस्थाको बारेमा जानकारी दिएकी थिइन् । उनले एडिस एजेप्टाई नामक पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने भन्दै पानी जम्न दिन नहुने बताइन् । उनले स्क्रव टाइफस मुसाबाट लाग्ने भन्दै यसबाट बच्न सबैलाई आग्रह गरिन् ।

कार्यक्रममा स्थानीय महिला र पुरुष गरी एक सय जनाको सहभागिता रहेको कार्यक्रम संयोजक सविन अर्यालले जानकारी दिए ।

खैरहनी १२ का वडाध्यक्ष टिकाराम तिमल्सिनाको प्रमुख आतिथ्यता एवंम लियो क्लव अफ चितवन इष्टका अध्यक्ष सुमित मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ चितवन इष्टका अध्यक्ष रमेश पराजुली, लायन्स क्लव अफ चितवन इष्टका सचिव प्रेम खाती, लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ बी टु का डाइरेक्टर अञ्जन चौधरी, रिजनल कोअडिनेटर आतिस कुमार लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>