समाज

एनइए पिथ्री कप फुटसल प्रतियोगिता हुने

Banner

काठमाडौं,असोज ८-

दशैं,तिहार न्हु दाय भिन्तुना २०७६ को अवसर पारेर प्रथम एनइए पिथ्री कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । यही असोज १०,११ र १२ गते नेपाल इन्जिनियर्स एसोसियसन प्रदेश नम्वर ३ कार्यकारिणी समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

फुटसल प्रतियोगितामा नेपाल इन्जिनियर्स एसोसिएसनमा दर्ता रहेका इन्जिनियरहरुले टिम दर्ता गराउन सक्नेछन् । तिनदिनसम्म चल्ने प्रतियोगिताको अन्तिम दिन पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको प्रदेश नम्वर ३ का सचिव प्रदिप अधिकारीले जानकारी दिए । ४ हजार प्रवेश शुल्क रहेको प्रतियोगिताको प्रथम पुरस्कार ३० किलोको खसी,मेडल र प्रमाणपत्र,दोस्रो पुरस्कार २० केजीको खसी मेडल र प्रमाणपत्र प्रदान गरिने अधिकारीले बताए ।

शान्तिनगर फुटसलमा हुने नकआउट चरणको प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>