चितवन विशेष

उज्यालो सहकारीद्वारा बाल बचत प्रोत्साहन पुरस्कार वितरण

Banner

चितवन, साउन ८-

भरतपुर क्षेत्रपुरको उज्यालो बचत तथा ऋण सहकारी संस्थाले १२ औं साधारण सभाको अवसरमा बाल बचतकर्तालाई पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा संस्थामा बचत गर्ने ८९ जना रहेका छन् । रामेश्वर पुस्तकालयको सामुदायिक सभाहलमा भएको कार्यक्रममा बालबालिकालाई विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष गोविन्दप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णप्रसाद शर्मा, लेखा समिति संयोजक भोलाप्रसाद अधिकारी तुफानले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । बाल बचत सदस्यको अभिभावकको तर्फबाट शेयर सदस्य रामबहादुर विक र अनु बज्राचार्यले मन्तव्य राखेका थिए । साथै सञ्चालक समिति सदस्य इन्दिरा बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र वाग्लेले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>