खेलकुद

रत्ननगरमा राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिता हुने

Banner

चितवन,असोज ७ –

चितवनको रत्ननगर नगरपालिकामा तेस्रो राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिता रत्ननगर, सरित सौराहा, न्यु स्टार र सौराहा डोजाङ्गको संयुक्त आयोजनामा रत्ननगर नगरपालिका वडा नम्बर १ स्थित होटल स्टार ब्याङक्वेट हुने छ ।
चितवन जिल्ला तेक्वान्दोका अध्यक्ष तथा रत्ननगर तेक्वन्दोका प्रमुख पुष्प जोशीले यहि कात्तिक १ र २ गते सो प्रतियोगिता हुने जानकारी दिए । जोशिले अमेरिकाको इस्टन मिसिगन युनिभर्सिटीमा सन् २०२० मे १ र २ मा हुन लागेको १३ औ अन्तरास्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप २०२० मा सहभागी गराउनको लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा पुरुषको २४ र महिलाको २२ गरि ४६ तौल समुहमा प्रतिस्पर्धा हुने छ । साथै पुम्सेतर्फ पुरुषको ४ र महिलाको ४ गरि ८ विधामा प्रतिस्पर्धा हुने छ ।
५४ स्वर्ण, ५४ रजत र १०८ कास्य पदक गरि २६० पदकका लागि प्रतिस्पर्धा हुने छ । तेस्रो राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिपमा सिनियर पुरुष र महिलाको ६/६ तौल समुहको प्रतिस्पर्धामा प्रथम हुने खेलाडीहरुलाई भने पुनः छनोट गरि सर्वउत्कृष्ट हुने ३ जना पुरुष र २ जना महिलालाई अमेरिकाको इस्टन मिसियन युनिभर्सिटीमा सहभागी गराई जनहि नगद १ लाखका दरले ५ लाख र जुनियर तौलहरु र टिमकोच अर्थात निणार्यकहरुलाई २ लाख गरी जम्मा ७ लाख पुरस्कार प्रदान गरिने छ ।

छनौट भएका पाँच जना खेलाडीहरु अमेरिकाको ईस्टन मिसिगन युनिभर्सिटीमा सन् २०२० को मे १ र २ मा हुने १३ औ अन्तरास्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिताको लागि सहभागी हुन पाईने छ । जोशिले प्रतियोगितामा ५०० भन्दा बढी खेलाडीहरुको सहभागी रहने बताएका छन् । जसमा नेपाल भरिका डोजाङ्गहरुको साथै विभागीय(सशस्त्र प्रहरी,नेपाली सेना) टिमहरुको सहभागी रहने छ । टिम दर्ता असोज २८ गते १५ अक्टोबर २०१९ गरिसक्नु पर्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>