अन्तर्राष्ट्रिय

अफगानिस्तानमा भएको हवाइ कारबाहीमा ३० आतङ्ककारी मारिए

Banner

अफगानिस्तान, असोज ७

अफगानिस्तानको उत्तरी प्रान्त बादख्शानको राघिस्तान जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाइ कारबाहीमा परी कम्तीमा ३० लडाकू मारिएका प्रान्तीय सरकारका प्रवक्ता निक मोहमद नाजिरले मङ्गलबार जानकारी दिएका छन् ।

सो हवाई कारबाहीमा तालिबान लडाकू समूह लुकेर बसेका तीन ओटा बासस्थानमा र हातहतियार ध्वस्त भएको जनाइएको छ ।
विगत दुई सातामा बादख्शान प्रान्तको तीनवटा जिल्ला गुमाएका तालिबान लडाकू समूह यस कारबाहीको कुनै टिप्पणी गरेका छैनन् ।
रासस ÷सिन्हवा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>