चितवन विशेष

लाखौँ लगानीमा सौराहामा खुल्यो ग्रिनलस जंगल रिसोर्ट

Banner

चितवन, असोज ६

चितवनको पर्यटकीय नगरी सौराहामा नयाँ रिसोर्ट सञ्चालनमा आएको छ ।

रत्ननगर नगरपालिका–७ बद्रेनीमा गत असोज १ गते बुधबारबाट रिसोर्ट सञ्चालनमा आएको हो । हात्ती प्रजनन् केन्द्र जाने बाटोको पार्किङ स्थल नजिकै पिकनिक स्पट रहेको छ । सोको छेउमा रहेको सो रिसोर्टबाट पाहुनाले राप्ती नदीको मनोरम दृष्य र नजिकैबाट जंगली जनावरलाई समेत अवलोकन गर्न सक्ने छन् ।

स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सो रिसोर्टबाट हात्ती सफारी, जिप सफारी, जंगल वाक, साइडसिन, सिटी टुरलगायत विभिन्न ट्राभल तथा टिकेटिङको सुविधाहरु समेत प्राप्त गर्न सकिने रिसोर्टका सञ्चालक नारायण श्रेष्ठले बताए । रिसोर्टमा ८ वटा एसी तथा नन–एसी कोठाहरु रहेका छन् ।

विभिन्न गोष्ठी तथा सेमिनार गर्नका लागि सेमिनार हलको समेत सुविधा रहेको छ । त्यस्तै रुफटप रेष्टुरेण्टबाट राप्ती नदी र जंगलको दृष्यावलोकन गर्दै आनन्द लिन सकिने उनले बताए । स्वदेशी तथा विदेशी पर्यटकका लागि लक्षित गरी लोकल हाँस र कुखुराका परिकारका अतिरिक्त नेपाली, इण्डियन, चाइनिज, कन्टिनेन्टललगायतका खानाका परिकारसमेत उपलब्ध हुने सञ्चालक श्रेष्ठले बताए ।
क्याम्प फायर गर्दै साँझ र रातको समयमा पनि पाहुनाले मनोरञ्जन लिन सक्ने उनले बताए । सौराहामा स्वदेशी तथा विदेशी पर्यटकका लागि सर्वसुलभ मूल्यमा सबै सुविधाहरु उपलब्ध गराइने रिसोर्टका अर्का सञ्चालक मनोज घिमिरेले जानकारी दिए । ‘सौराहाका अन्य होटल, रिसोर्ट र रेष्टुरेण्टमा भन्दा हामीले सेवा सुविधामा कुनै पनि कमी हुन दिने छैनौं, उनले भने । अन्यत्र भन्दा मूल्यसमेत सस्तो रहेको उनले बताए ।

१० कठ्ठा क्षेत्रफलमा फैलिएको सो रिसोर्ट करिब ६० लाखको लगानीमा सञ्चालनमा आएको हो । सो रिसोर्टका सञ्चालकहरु चितवनका युवा व्यवसायी नारायण श्रेष्ठ र मनोज घिमिरे रहेका छन् । देशकै तेश्रो पर्यटकीय नगरी सौराहामा हालसम्ममा करिब ११० वटा होटल, रिसोर्ट तथा ५६ वटा रेष्टुरण्टहरु सञ्चालनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>